नेपालगन्ज : नरैनापुर गाउँपालिका वडा ५ भटैयामा भएको आगलागीबाट भएका पीडित परिवारलाई नेकपा एमाले जिल्ला समिति बाँकेको तर्फबाट सहयोग गरिएको छ ।
रु १५ हजार नगद,दाल चामल नुन तेल र रु ४ हजार बराबरको लत्ताकपडा वितरण गरिएको हो ।
वितरण कार्यक्रममा केन्द्रीय सदस्य देवराज भार, जिल्ला संयोजक सुर्य ढकाल, वित्रmम यादव,प्रतिमा लम्साल, सोहन यादव,शंकर यादव,लातारा,चमेली वाकवल,रामनरेश यादव,खिलक केसि लगायतको सहभागी रहेको थियो ।