बाँकेमा कोरोना संकट बल्झियो : भेरीमा १२३ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा संक्रमण


नेपालगन्ज १ बैशाख : बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

बाँकेका कारोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

फोकल पर्सन ओलीले भने,- ‘स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’ ओलीका अनुसार संक्रमण पुष्टि हुनेमा सबै उमेर समूहका रहेका छन् ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोस्टिक ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित मितिः     १ बैशाख २०७८, बुधबार १८:३२  |