विकास योजना शिलान्यास र अवलोकनमा व्यस्त सांसद ठम्मर बिष्ट


रोमहर्ष ओली

गुर्भाकोट ( सुर्खेत) :  कर्णाली प्रदेशमा सांसद ठम्मर बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा संचालित योजनाहरुको शिलान्यास र अवलोकन गरिरहेका छन् ।

सोही क्रममा गुर्भाकोट नगरपालिका वडा नम्बर १० मा पर्ने भेडाबारी हनिमान सडक र सोही नगरपालिकाको वडा नम्बर ११ म पर्ने आपसोती जनाइघाट खानेपानी योजनाको सिलाल्न्यास गरेका छन् ।


सो योजनाको लागि बिष्टले पुर्बाधार विशेष कार्यक्रम अन्त्रगत भेडाबारी हनिमानको लागि ३५ लाख र आपसोती जनाइघाट खानेपानी योजनाको लागि रु २४ लाख बिनियोजन गरेका थिए ।

साथै सोहि शिलान्यास कार्यक्रममा बोल्दै बिष्टले आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई विकास र उत्पादनमा जोडी जिवनस्तर उकास्न आफू कटिबद्ध रहेको बताए ।

प्रकाशित मितिः     ११ बैशाख २०७८, शनिबार १५:२१  |
error: Content is protected !!