महासंघ बाँके शाखालाई जयसिंह केसीले दिए एक हजार थान मास्क


नेपालगन्ज २३ बैशाख :  नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एकहजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिवार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका लागि केसीले लुम्विनी प्रदेशका बिभिन्न जिल्लाका पत्रकारहरुलाई मास्क लगायतका सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।

ती लगायत अन्य स्वास्थ्य सामाग्रीहरु बाँकेका पत्रकारहरुलाई वितरण गरिने महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मितिः     २३ बैशाख २०७८, बिहीबार ११:४५  |