नेपालगन्ज उपमहानगरको उत्कृष्ट काम : कृषकलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण


नेपालगञ्ज, जेठ ७ । नेपालगञ्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।

उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ ।


किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ ।

राधा– ४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७८, शनिबार १४:५३  |
error: Content is protected !!