नेपालगन्ज : नेकपा एमाले बाँकेले पार्टी बिरुद्ध बिज्ञप्ती निकालेको भन्दै महाधिवेशन आयोजक कमिटिका सदस्य अब्दुल हुसेन खाँलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
बुधवार नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र जनमोर्चाले प्रधानमन्त्रीको संसद बिघटन गर्ने निर्णयलाई असंवैधानिक भन्दै बिज्ञप्ती निकालेका थिए । उक्त बिज्ञप्तीमा एमालेको नाममा जिल्ला कमिटि सचिवालय सदस्य अब्दुल हुसेन खाँले हस्ताक्षर गरेका थिए ।
सोही विषयमा एमाले बाँकेको तर्फबाट अध्यक्ष सुर्य ढकालले स्पष्टिकरण सोधेका हुन । उनले बिरोधी पक्षसंग लागेर पार्टीलाई कमजोर बनाएको भन्दै २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन भनेका छन् ।
अन्यथा पार्टीको बिधान अनुसार कारवाही हुने स्पष्टिकरण पत्रमा उल्लेख छ ।