एमाले बाँकेका अध्यक्ष भन्छन्–स्वास्थ्यकर्मी कुट्नेले उन्मुक्ति पाउँदैन, राजनीतिक आक्षेप नलगाए हुन्छ


नेपालगन्ज :  नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले भेरी अन्चल अस्पतालमा बिहिवार राती स्वास्थ्यकर्मी माथी भएको घटनाको भत्र्सना गर्दै दोषी माथी कारवाही गर्न माग गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दोषीलाई कडा कारवाही हुने बताईसक्दा समेत आफ्नो पार्टीलाई बद्नाम गर्ने दुस्साहस भइरहेको भन्दै अध्यक्ष ढकालले आपत्ती जनाए ।

‘एमालेको सबै पंक्ति,मुख्यमन्त्रीदेखि उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीसम्मले दोषीले उन्मुक्ति पाउँदैन भनेर सम्बन्धित निकायलाई कारवाही गर्न निर्देशन दिइसक्नु भयो । घटनामा संलग्न बिरुद्ध मुद्दा दर्ता भएर कारवाही अगाडी बढिसक्यो तर एकथरी राजनीतिक दलहरु हाम्रो पार्टी र नेता बिरुद्ध तुच्छ तरिकाले गालीगलौजमा उत्रिदै अपराधिक घटनालाई राजनीतिक रंग दिन व्यस्त छन् ।’

अध्यक्ष ढकालले अपराधिक क्रियाकलापको निन्दा र भत्र्सना समेत गरेका छन् ।

 

प्रकाशित मितिः     १४ जेष्ठ २०७८, शुक्रबार १८:२३  |