धवल शम्सेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गरेनन्, भन्छन् -प्राथमिकतामा परेन


नेपालगन्ज–नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन्।

सोमबार ९ बजेबाट सुरु भएको लुम्बनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको उनले बताए।

आफ्नो अहिलेको कर्तव्य कोरोनासँग जुध्ने रहेको भन्दै उनले कांग्रेस एमाले र माओवादीबीच भइरहेको जुधाईमा आफूले मतदान नगर्ने निर्णय गरेको मेयर राणाले जनाए।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ। निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखर उपप्रमुखले मतदान गर्ने कार्य जारी छ। निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ।

आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ। निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि क, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ख र कोभिड सङ्क्रमितका लागि ग मतदान केन्द्र तोकिएको हो।

प्रकाशित मितिः     १७ जेष्ठ २०७८, सोमबार १०:३२  |