कोरोनाबाट ज्यान गुमाएका व्यवसायीका परिवारलाई संघले रु ३१ हजार सहयोग गर्ने


नेपालगन्ज २० जेठ :  नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई रु ३१ हजार सहयोग गर्ने भएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहिवार बसेको बैठकले सहयोग दिने सम्बन्धी निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।


उक्त रकम थोरै भएपनि संघका तर्फबाट आफ्ना सदस्यहरुको घाउमा मल्हम हुने अपेक्षा गरिएको महासचिव ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण नेपालगन्जका धेरै व्यवसायीहरुले ज्यान गुमाएका छन् । यसले व्यवसायीक क्षेत्रमा ठूलो क्षती भएको संघको निष्कर्ष छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७८, बिहीबार १५:४३  |
error: Content is protected !!