किराना तथा खाद्य व्यवसायीद्धारा फोन डाइरेक्टरी बिमोचन


नेपालगन्ज :  नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघले फोन डाइरेक्टरी सार्वजनिक गरेको छ । शनिवार एक कार्यक्रमकाबीच उक्त फोन डाइरेक्टरी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिमोचन गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष मन्सुरीले महत्वपूर्ण फोन नम्बर सहितको फोन डाइरेक्टरी उपयोगी हुने बताएका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिडका कारण व्यवसायीहरु समस्या परेको बताउँदै समस्या समाधानका लागि पहल गर्न सरकारसंग माग गरेका छन् । फोन डाइरेक्टरी निर्माण समितिका संयोजक श्यामसुन्दर अधिकारीले डायरी बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद दिए ।

संघका अध्यक्ष फणाधर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, संघका महासचिव चिरञ्जीवी ओली, आयोजक संघका महासचिव टोपबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः     २६ असार २०७८, शनिबार २१:२६  |