नेपालगन्ज १ साउन : सत्ताबाट बर्हिगमन र पार्टीको आन्तरिक संकट झेलिरहेको नेकपा एमालेले बाँकेमा कार्यकर्ताको मनोबल उच्च पार्न लागिपरेको छ । अध्यक्ष सुर्य ढकालका अनुसार यतिबेला एमालेले शरहदेखि गाउँसम्म आफ्ना कार्यकर्तालाई संगठित बनाउने र अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यलाई तिब्रता दिइएको छ ।
अध्यक्ष ढकाल भन्छन्–‘सत्ताबाट हटेपछि र पार्टीको आन्तरिक विवादका बीचमा पनि हामीले कार्यकर्तामा उत्साह थप्ने गरी गतिबिधि गरिरहेका छौं । अब पार्टीलाई झन् क्रियाशिल बनाउन र नयाँ आन्दोलनको सिर्जना गर्न लागिपछौं ।’ अध्यक्ष ढकालले आफ्ना कार्यकर्ता संगठित गर्ने मात्र होइन अन्य दलका कार्यकर्ताहरु समेत पार्टीमा उत्साहजनक तरिकाले प्रवेश गरिरहेको ढकालले बताए ।
शुक्रवार मात्र नरैनापुर र राप्तीसोनारी गाउँपालिकाबाट बिराट थारुको नेतृत्वमा १ सय ५० भन्दा बढि एमालेमा प्रवेश गरेका छन । प्रवेश कार्यक्रममा नेताहरु मोहमद हारुन हलुवाई,देवराज भार,पुजन विश्वकर्मा ,प्रेम भुषाल,घननाथ खनाल,एकमाया विक,दिपा शर्मा, सन्तोष बस्नेत ,विराट थारुले मन्तव्य प्रस्तुत गरेका थिए । भेलाको अध्यक्ष सुर्य ढकाल,संचालन बलराम भट्टराई र स्वागत तुलसिराम थारुले गरेका थिए ।