ऐनबहादुर मल्ललाई बाँके ट्राफिक प्रमुखको जिम्मेवारी


नेपालगन्ज,असोज ५ । वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा सफलतापुर्बक जिम्मेवारी बहन गर्नुभएका प्रहरी निरीक्षक ऐन बहादुर मल्लको जिल्ला ट्राफिक प्रमुखको रूपमा बाँकेमा सरुवा भएको छ ।

मल्लले नेपालगन्ज सहित इलाका प्रहरी कार्यालय खजुराखुद्रको इन्चार्जको रूपमा समेय जिम्मेवारी निर्बाह गरेका कारण बाँकेको ट्राफिक समस्या र यसको समाधानका बारेमा नजिकबाट बुझ्नु भएको छ ।

पोखरामा ट्राफिक प्रमुखको रूपमा मल्लले सफलतापुर्बक जिम्मेवारी बहन गर्नुभएको थियो । नेपाल प्रहरीमा मल्ल दक्ष अनुसन्धान अधिकृतको रूपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मितिः     ५ आश्विन २०७८, मंगलवार ०८:०४  |