नेपालगन्ज महोत्सव रोकियो, सीमा नाका कडाई गर्न संघको माग


 

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण महोत्सव स्थगित गरेको छ । संघले माघ १४ गतेदेखि माघ २४ गतेसम्म सन्चालन गर्न लागेको प्रादेशिक महोत्सव २०७८ देशभर बढ्दो कोरोना सक्रमणका कारण स्थगित गरेको हो ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गरी कोभिड १९ संकेट व्यवस्थापन समन्वय केन्द्र को सिफारिसपछि देशभर भिडजन्य गतिविधिमा रोक लगाएको र सार्वजनिकहित सघको समेत चासो भएको कारण सार्बजनिक स्वास्थ्यको ख्याल गर्दै महोत्सव हाललाई स्थगित गरिएको जनाएका छन् ।


यसक्रम सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दै सघ सम्पुर्ण व्यवसायीहरुलाई आफ्नो र आमनागरिकको समेत स्वास्थ्य सवेदनशिलताप्रती जिम्मेवार भएर व्यवसायिक गतिविधि गर्न अनुरोध गरिएको छ ।
साथै कोरोना कहरको तेस्रो लहर विरुद्ध आबश्यक सम्पूर्ण तयारी समयमै गर्नु सरकार समक्ष माग गर्दै बिगतमा जस्तो अर्थतन्त्र ध्वस्त हुने गरि लकडाउन जस्ता बिकल्प निम्त्याउनु भन्दा पहिले नै अन्य बिकल्पमा तदारुकताका साथ काम गर्न गरिएको महासचिव ओलीले बताए । संघले सीमा नाकामा कडाई गर्न अनुरोध गरेको छ ।

प्रकाशित मितिः     २७ पुष २०७८, मंगलवार १८:२८  |
error: Content is protected !!