खजुरामा टेकमाइन्ड्सकाे इन्टरनेट सेवा


बाँके १५ फाल्गुन – बाँकेको खजुरामा इन्टरनेट प्रदायक कम्पनी टेकमाइन्ड्स नेटवर्क प्रालिले शाखा उद्घाटन गरेको छ ।
बाँके क्षेत्रमा करिब २ हजार भन्दा बढिले सेवा लिइरहेको सो नेटवर्क कम्पनीले बाँकेमा करिव ३० युवाहरुलाई रोजगारी प्रदान गर्दै आएको क्षेत्रिय सेल्स एण्ड मार्केटिङ  प्रबन्धक किरण शर्माले बताए ।

इन्टरनेट जडान गरिसकेपश्चात् ग्राहकलाई समस्या पर्दा बर्षको ३ सय ६५ दिन नै सेवा दिने गरेकाले टेकमाइन्ड्स नेटवर्क प्रालि लाेकप्रिय हुँदै गएको प्रबन्धक शर्माले बताए ।

उक्त कम्पनीको चितवनमा मुख्य कार्यालय रहेको छ भने नेपालको छैसठ्ठी जिल्लामा ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

दुई दशक पहिले स्थापना भएको यो कम्पनीले सात वर्षदेखी सक्रिय रुपमा नेपालको ग्रामीण भेगमा ईन्टरनेट सेवा विस्तार गर्दै आएको छ ।

नेपालका हरेक ग्रामीण दुरदराजका बस्तीलाई ईन्टरनेटमय बनाउने  कम्पनीको लक्ष्य रहेको छ

उत्कृष्ट सेवा दिने ईन्टरनेट प्रदायक कम्पनीको रुपमा छुट्टै पहिचान बनाइसकेको टेकमाईन्डस नेटवर्क प्रा.लि.को सेवा भरपर्दो रहेको  बताए ।

अन्य ईन्टरनेट कम्पनीको तुलनामा यस कम्पनीको सेवा सस्तो रहेको देखिन्छ । ४० एमबिपिएसको मासिक शुल्क १३५०, ७० एमबिपिएसको मासिक शुल्क १६५०, १०० एमबिपिएसको मासिक शुल्क १७१० रहेको छ ।
सोहि अन्तर्गत ग्रामिण परिवेश लाई मध्यनजर गर्दै १ महिनाको २२ एमबिपिएसको नया जडान सुल्क मात्र २५०० राखेको छ ।

प्रकाशित मितिः     १५ फाल्गुन २०७८, आईतवार १८:२६  |