नेपालगन्ज- कांग्रेस बाँकेको सभापतिमा पुनः मतदान हुने भएको छ ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ तर तीन सभापतिको उम्मेद्वार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढि नल्याएपछि पुनः भोली निवार्चन हुने निर्वाचन समितले जनाएको छ ।
१ हजार ४ सय ४५ मत परिमाण गन्दा गौडेलले ५ सय ६९ मत, कुर्मीले ५ सय ३८ र हमालले ३ सय १४ मत प्राप्त गरेका थिए ।