नरैनापुर । नेकपा एमालेले नरैनापुर गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय स्थापनाका लागि धर्ना तथा हस्तान्तरण संकलन अभियान संचालन गरेकाे छ ।
यस अघि जिल्ला प्रशासन बाँके मार्फत नेपाल सरकारलाई नरैनापुर गाउँपालिकनमा ईलाका प्रशासन कार्यालय संचालनका लागि ज्ञापनपत्र बुझाईएकाे थियाे ।
५ हजार हस्तान्तरण संकलन गर्ने धर्ना बस्ने चरणबद्व रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम रहेका नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चाज सुर्य ढकालले जानकारी गराए ।
सरकारलाई नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गराउन सबै लाई उक्त अभियान जाेडिन समेत ढकालले बताए ।
आज धर्ना कार्यक्रममन नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र जिल्ला नेतृत्व वडा ,नरैनापुर गाउँपालिका नेतृत्व आम नरैनापुरका जनाता हस्ताक्षर अभियानमा सहभागीता जनाएका थए ।
ईलाका प्रशासन कार्यालय स्थापना नहुँदा नरैनापुर गाउँपालिकाका स्थानीय समुदाय प्रभावित रहेकाे छ ।
भारत सँग सिमा जाेडिएकाे छ । २०७२ सालमा असुरक्षित भएकाे कारण देखाउदै नरैनापुर गाउँपालिका क्षेत्र बाट ईलाका प्रशासन कार्यालय हटाईएकाे थियाे ।