एमाले अध्यक्ष ओलीलाई नेपालगन्जमा मुस्लिम समुदायद्वारा स्वागत, राेजा इफ्तारमा सहभागी


 

नेपालगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज आएका छन् । उनलाई नेपालगन्जमा मुस्लिम समुदायले शनिवार स्वागत गरेका छन् ।

एमालेका केन्द्रिय सदस्य माेहमद हारुनका अनुसार, अध्यक्ष ओली मुस्लिम समुदायकाे राेजा इफ्तार कार्यक्रममा सहभागी भएका हुन ।

नेपाल मुस्लिम इत्तेहाद सगठनकाे आयोजनामा इफ्तार कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा धार्मिक साम्प्रदायिकतामा एकता भएको बताए  । उनले सबै धर्म सम्प्रदायको देशमा उत्तिकै अधिकार रहेको बताए  ।

प्रकाशित मितिः     ३ बैशाख २०७९, शनिबार ११:१२  |