नेपालगन्जकाे स्वास्थ्य सुधारमा पशुपतिदयाल मिश्रको योजना


स्वास्थ्य–नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य सेवा गुणस्तरीय र निःशुल्क बनाइने छ
1.बहिरङ सेवामा रु. ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य बीमा मार्फत रु.१ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइनेछ ।
2. स्वास्थ्य बीमा योजना घरघर पुर्‍याउन अभियान चलाइनेछ तथा विपन्न वर्गका व्यत्तिफ्लाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइनेछ ।
3. भेरी अस्पताल र अन्य निजी अस्पतालसँग समन्वय गरी सिधै बीमा कम्पनी मार्फत अस्पताल र औषधीको बिल भुत्तफनी गर्ने व्यवस्था मिलाइनेछ ।
4. प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन साप्ताहिक रूपमा चिकित्सक तथा प्रयोगशालाको सेवा उपलब्ध गराइनेछ । त्यसका लागि आवश्यक संख्यामा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिनेछ ।
5. प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको व्यवस्था गरिनेछ ।
6. संघीय र प्रदेश सरकारसंग सहकार्य गरेर भेरी अस्पतालको प्रसुती वाडको पुर्वाधार बढाइनेछ । प्रसुती सेवाका लागि अस्पताल पुगेकी गर्भबती महिलाकालागि प्रतिक्षालय निर्माण गरिनेछ ।
7. लामखुट्टेबाट हुने रोगलाई नियन्त्रण गर्न अन्तरराष्ट्रीय रुपमा प्रचलित मापदण्डअनुसार लामखुट्टे नियन्त्रणकालागि विशेष अभियान चलाइने छ।
8. भेरी अस्पताललाई पोष्ट ग्राजुएट इन्स्टिट्युट (पीजीआई) अस्पतालको रुपमा बिकसित गर्न प्रदेश र संघीय सरकार संग समन्वय गरिनेछ ।

प्रकाशित मितिः     ९ बैशाख २०७९, शुक्रबार १४:४९  |