मिश्रको पक्षमा युवाकाे शक्ति प्रदर्शन, एकढिक्का भएर जिताउन महासचिव पाेखरेलकाे निर्देशन


नेपालगन्ज : नेकपा  एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस, माओवादी र राप्रपाभित्र पनि एमाले जन्मेको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचन लक्षित एमालेका युवा, विद्यार्थी र महिलाको निर्वाचन परिचालन सम्बन्धी संयुक्त भेलालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी, राप्रपा र फोरमको गढ भनेर भोट माग्न नछुटाउन आग्रह गरे ।

उनले दाबी गरे, ‘पाँच वर्षको अवधिमा हाम्रो पार्टीले गरेको कामको आधारमा, हाम्रो अध्यक्षले गरेको कामको आधारमा कांग्रेसकै घरभित्र पनि एमाले जन्मिसकेको छ । माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ । राप्रपाको घरमा पनि एमाले जन्मिसकेको छ । त्यसैले हरेकका घरमा तपाई जान जरुरी छ । कुनै घर नछोड्नु होला ।’

एमालेकै पालादेखि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेकाले जवानीमा कांग्रेस भएकाहरु पनि उमेर ढल्केपछि एमाले हुने सम्भावना बढेको उनले बताए ।

एमाले केन्द्रीय सदस्य मो हारुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, दीपा शर्मा, एमाले जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपछि, एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर एमाले केन्द्रीय सदस्य मो.हारुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, दीपा शर्मा, एमाले जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपछि, एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार पशुपति दयाल मिश्र, उप–प्रमुखका उम्मेदवार शान्ति ढकाललगायतले एमालेबाट मात्रै समृद्ध नेपालगन्ज सम्भव हुने जिकिर गरेका थिए ।

एकढिक्का भएर मिश्र सहित उपमेयर र सम्पूर्ण उम्मेदवार बिजय बनाउन महासचिव पाेखरेलले निर्देशन दिए ।

 

प्रकाशित मितिः     १८ बैशाख २०७९, आईतवार १२:२४  |