घरदैलोमा नन्दलाल


नेपालगञ्ज – राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल बैश्यले शनिबार नेपालगञ्जका चार वटा वडामा कोण सभा तथा घरदैलो गरेका छन् ।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाले मेयरका उम्मेदवार बैश्य, उपमेयरका उम्मेदवार विन्दु चर्तिमगरसहित नेपालगञ्जका ७, ९, १२ र १६ नम्बरको कोण सभा र घरदैलो गरेको हो ।नेपालगञ्ज उद्योग बाणिज्य संघको नेतृत्व गरिसकेका बैश्य नेपालगञ्जको उपमहानगरपालिकाको नेतृत्व गर्न दौडधुप गरिरहेका छन् ।

मेयरको उम्मेदवारी दर्तासँगै बैश्यको दौडधुप चलिरहेको छ । मेयरका उम्मेदवार बैश्यले जुन वडामा गएपनि मतदाता उत्साहित रहेको बैश्यको भनाई थियो । ‘हामीप्रति मतदाता उत्साहित छन् । अहिलेसम्म गएको ठाउँमा हामीलाई सन्तोष मिलेको छ, बैश्यले भन्नुभयो ।

प्रकाशित मितिः     १८ बैशाख २०७९, आईतवार ०८:४३  |