गुर्भाकाेट-४ का वडा अध्यक्ष उम्मेदवार राम डाङ्गीकाे कृषि याेजना


१.सबैखाले अन्याय र बिभेद लाई अन्त्य गर्न,
२.कृषी/पशु
-वडालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादन वृद्धिका लागि मल र बिउमा अनुदान पाउन,
-बेमौसमी तरकारी र तरकारी बीउ उत्पादनमा वृद्धिका लागि बीउ र मल अनुदान पाउन,
-फलफुलका बिरुवाहरु अनुदानमा पाउन,
-कोट,तल्लकाडा,रानागाउँ,झालेपहर,कैनपानी,माझखर्क र अन्य संभावित स्थानहरु लाई अदुवा र बेशार उत्पादन क्षेत्र तोकि अनुदान पाई बिउको रुपमा निर्यात गराई आर्थिक रुपमा सबल हुन,
-अमिला जातका फलफुलहरु उत्पादनका लागि बिरुवा अनुदानमा पाउन,
-आँप उत्पादनलाई अभियानको रुपमा संचालन गर्न अनुदान पाउन,
-कृषि उत्पादन लाई उचित मुल्यमा बिक्रि गर्न साप्ताहि हाटबजारको ब्यबस्थापन गराउन,
-गाई,भैंसी र बाख्रा पालन लाई ब्यवसायी मुखी बनाई रोजगारको प्रबर्द्धन गर्न खोर निर्माण र माउ खरिदमा अनुदान पाउन,
-सुङ्गुर र बुङ्गुर लाई ब्यबसायिक रुपमा उत्पादन गर्न र पाठापाठिहरुको उत्पादन गरि मासु र पाठापाठिहरु बिक्री गरि आम्दानी पाउन खोर र माउ मा अनुदान पाउन,
-लोकल र बोईलर तथा अन्य पन्छी हरु ब्यवसायिक रुपमा पालेर स्वरोजगार हुन खोर निर्माणमा अनुदान पाउन,
-कृषि र पशु पालन सम्बन्धि तालिम निशुल्क पाउन,

प्रकाशित मितिः     १९ बैशाख २०७९, सोमबार ०७:१९  |