नेपालगन्ज—नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगन्जलाई स्मार्ट सिटी बनाउने उदघोष गरेका छन् ।
भन्नका लागि मात्रै नभएर गर्नका लागि नै मिश्रले स्मार्ट सिटी योजना ल्याएको दाबी गरेका छन । निर्वाचनमा समेत हाइटेक प्रचार गरिरहेका मिश्रसंग नेपालगन्जलाई कसरी स्मार्ट सिटी बनाउने भन्ने प्रष्ट भिजन रहेको छ ।
उमेरले ६० कटे पनि प्रविधिको प्रयोगमा भने युवा उम्मेदबार भन्दा अगाडि छन ।
स्मार्ट सिटी निर्माणका लागि उनले युवाहरुलाई नेतृत्वदायी भूमिका र उपयुक्त बाताबरण सृर्जना गर्ने योजना बना्एका छन् ।
युवाहरूको शारीरिक तथा मानसिक विकासकालागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने मिश्रले बताए ।
रोजगारीको अवसर सिर्जना गर्न लगानी—मैत्री वातावरण बनाइने बताउदै उनी भन्छन स्टार्ट अप कल्चरलाई प्रोत्साहन गछौ ।
‘नेपालगन्जका र नेपालगन्जलाई माया गर्ने युवाहरुलाई स्मार्ट सिटीको लागि चाहिने सफ्टवेयर,ईन्टरनेट अफ् थिंग्स लगायतका सामाग्रीको निर्माणमा सहभागी गराउने उनको योजना छ ।
नया ब्यापार व्यवसाय सुरु गर्न चाहने युवाहरुलाई बिजनेश आइडिया सम्बन्धी सुरुवाती पुँजीको व्यवस्थाका लागि बैंक तथा अन्य वित्तिय संस्थासग समन्वय गर्ने मिश्राले बताए ।
पाच बर्षे कार्यकालमा स्मार्ट सिटीका लागि आवश्यक पर्ने सफ्टवेयर, पाइलट प्रोजेक्टका रुपमा स्मार्ट वेष्ट कलेक्सन सिस्टम र स्मार्ट रिर्पोटिङ्ग सिस्टम तयार गर्ने योजना बनाएका छन् । त्यो कसरी सम्भवत छ त ? बिदेशबाट महंगो सफ्टवेयर, किन्नु भन्दा स्थानीय युवालाई मार्ग निर्देशन गरी यस क्षेत्रका युवाहरुको नेतृत्वमा सफ्टवेयरको विकास गर्न सके पछि कुनै झन्झट हुदैन ।
इच्छा शक्ति भए काम गर्न समस्या नहुने मिश्रले बताए । ईन्टरनेट अफ् थिंग्सका लागि आवश्यक पर्ने केही सेन्सर मात्र खरिद गरी अन्य सामाग्री निर्माणको जिम्मा स्थानीय युवालाई दिने योजना छ । त्यसरी काम गर्दा युवालाई रोजगारी र उनको क्षमता विकास गर्ने बाटो खुल्छ भने उपमहानगरको खर्च पनि जोगिन्छ ।