नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा निर्वाच क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारमा खड्काको मात्र नाम सिफारिस गरेको हो ।
उपसभापति खड्का सो क्षेत्रबाट २०४८ यता चुनाव लड्दै आएका छन् । उनी सो क्षेत्रमा एकपटक भने पराजित भएका थिए । एकपटक समानुपातिक उम्मेदवार बनेका थिए ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले समेत खड्काकाे नाम सिफारिस गरेकाे छ । क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोर र प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवाको नाम समेत सिफारिस गरेको हाे । तर आफ्नो क्षेत्र छाडेर खड्का अन्त नजाने कुरा एकल नाम सिफारिस भएकै कारण पुष्टि हुन्छ ।