बलियाे एमाले देखेर गठबन्धन त्रसित छ-महासचिव शंकर पोखरेल


नेपालगन्ज, २७ भदौ- नेकपा एमालेका महासचिव शंकर पोखे्रलले राष्ट्रको निर्माणका लागि नेकपा एमालेले जित्न जरुरी रहेको बताएका छन् ।

उनले विकासको नेतृत्व नेकपा एमाले गर्ने भएकाले चुनावीको उद्देश्य देश विकास नै भएकाले जनतालाई उद्देश्य बुझाउनु पर्नेमा जोड दिए ।

उनले नेकपा एमाले बोकेको नीति र उद्देश्य जनतालाई बुझाउँदै ८ लाख पार्टी सदस्यले काम गर्ने हो भने नेकपा एमाले एक्लैले गठबन्धनलाई पराजित गरी बहुमत ल्याउने बताए ।

देश बनाउनका लागि जनमत प्राप्त गर्न जरुरी रहेको उल्लेख गर्दै महासचिव पोख्रेलले नेकपा एमालेको सरकार आएको खण्डमा विकासको आयाम ल्याउने उल्लेख गरे । बलियाे गठबन्धन देखेर गठबन्धनमा त्रास छाएको महासचिव पाेखरेलले बताए ।

नेकपा एमाले बाँकेले आज नेपालगन्जमा आयोजना गरेको निर्वाचन अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले मंसिर ४ गतेको निर्वाचन व्यक्तिको जित हारको निर्वाचन मात्र नभई राष्ट्रको भाग्य र भविष्यसंग जोडिएको निर्वाचनका रुपमा विशलेषण गर्न जरुरी रहेको बताए ।

सो अवसरमा महासचिव पोख्रेलले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश नेता कार्यकर्तालाई स्वागतसमेत गरेका थिए ।

प्रकाशित मितिः     २७ भाद्र २०७९, सोमबार २०:५३  |