भेरी अस्पताल विकास समितिका अध्यक्षद्वारा अस्पतालकाे निरिक्षण


नेपालगञ्ज । असाेज ९ । भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगढले आज भेरी अस्पतालकाे निरिक्षण गर्नु भएकाे छ ।

अस्पतालकाे विभिन्न सेवाका साथै अस्पतालकाे आईसीसु, डायलेसिस, एनआईसीयु, न्युराे, पेइंग, जनरल तथा इमर्जेन्सी विभागकाे निरिक्षण गर्नु भएकाे छ । निरिक्षणकाे क्रममा अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठकाे पनि सहभागिता रहेकाे थियाे ।

निरिक्षणका दाैरान अस्पतालले दिंदै आएकाे सेवा सुविधाकाे बारेमा विभिन्न विभागका डाक्टर, विभाग प्रमुख, बिरामी तथा बिरामीका कुरुवाहरुसँग अस्पतालले दिंदै आएकाे सेवा सुविधाकाे बारेमा कुराकानी गर्नु भएकाे छ ।

असाेज ७ गते शुक्रबार पदभार ग्रहण गर्नु भएका जसगढले अस्पतालले दिंदै आईरहेकाे सेवा सुविधालाई अझ चुस्त दुरुस्त तरिकाले सेवा प्रदान गर्न विभिन्न वार्डहरुमा निर्देशन दिनु भएकाे छ ।

निरिक्षणकाे क्रममा वार्ड प्रमुखहरुकाे समस्या तथा वार्डमा चाहिने थप उपकरण तथा जनशक्तिकाे बारेमा अध्यक्ष जसगढ तथा सदस्य श्रेष्ठले चासाेका साथ जानकारी लिनु भएकाे छ ।

विभिन्न वार्डहरुमा रहेका केही समस्याहरुलाई चाँडै समाधान गरिने पनि अध्यक्षले वार्ड प्रमुख तथा डाक्टरहरुलाई आश्वासन दिनु भएकाे छ ।

प्रकाशित मितिः     ९ आश्विन २०७९, आईतवार १४:२२  |