सुर्य ढकालकाे बाचा- रिङराेड,पानीकाे दीर्घकालीन समाधान खाेज्छु


कोहलपुर\बाँके क्षेत्र न १ का   प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य ढकालले कोहलपुरको डुडुवा खोला किनारमा मजबुद तटबन्ध गरी सुन्दर पिकनिक स्थल  र करिडोरको रुपमा विकास गर्दै कोहलपुरमा रिङरोड बनाउने आफनो दृष्किोण रहेको जनाएका छन ।

उनले कोहलपुर चप्परगौरी, हात्तिसार हुदै सल्यान घुईयाबारी जोडने अन्तरजिल्ला सडक निर्माण आफनो पहिलो प्राथमिकता रहेको
जनाएका छन । कोहलपुर नगरपालिका वडा नं. १२ को वडा भेलालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन ।

आफुले नागरिकको चहाना नजिकबाट बुझेको बताउदै जनचाहना बिपरित एक कदम नचाल्ने भन्दै नगरपालिका भित्रका सबै कृषि योग्य जमिानमा १२ महिना सिचाई पुग्ने गरि पानीको बयबस्था गर्ने र खानेपानीको दिर्घकालिन समाधानका लागि बबई गौरबको योजना बनाई कार्यान्वयणमा ल्याउने समेत प्रतिबद्धता जनाएका छन ।

बिगत ५, ६ महिनादेखि कोहलपुर नगरपालिकाका वडा नं. १०, ११ र ६ मा खानेपानी सप्लाई हुन नसकेको प्रति चासो ब्यक्त गर्दै ढकालले मानिसको अत्याबश्यक बस्तु भित्र पर्ने खानेपानी कार्यालयलाई स्थानिय निकायको मातहतमा ल्याई जनतालाई भरपुर पानीको ब्यबस्था गर्ने आफनो सोच रहेको बताएका छन

प्रकाशित मितिः     २९ आश्विन २०७९, शनिबार ११:४९  |