दलबहादुर होइन आईपी खरेल नै हुन माओवादीका आधिकारिक उम्मेदवार


नेपालगन्ज – स्वतन्त्रबाट निर्वाचन लडेका दलबहादुर सुनार एकाएक माओवादीमा प्रवेशपछि बाँके ३ (क) काे राजनीति तरङित बन्याे ।

माओवादीमा प्रवेश गर्ने कार्यक्रममा बाेल्दै सुनारले स्पष्टरुपमा आफ्नो उम्मेदवारी कायम रहने अड्कल काटे । उनकाे भनाइले माओवादी भित्र एकपक्ष आधिकारिक उम्मेदवार आइपी खरेलकाे उम्मेदवारी निस्कृय पारेर सुनारलाई समर्थन गर्ने षड्यन्त्रमा रहेकाे खुलासा भयाे ।

त्यसैले साझ  खरेलले सामाजिकमा लेखे –

कसैलाई भ्रम नपरोस् !
नेकपा (माओवादी केन्द्र) को आधिकारिक उम्मेदवार म आइपी खरेल नै हो। नेकपा माओवादी जिन्दावाद हामी सबै भ्रम बाट मुक्त हौ ! माओवादीको हसिया हतौडामा भोट हालौ र अध्यक्ष कमरेड प्रचण्डले गरेको गठबन्धनलाइ जिताउने निर्णयको पालना गरौ !

बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेशसभाको निर्वाचनमा एकै क्षेत्रबाट २ जना माओवादी उम्मेदवार बन्ने परिस्थिति बनेकाे छ । तर जसले जेसुकै भने पनि आधिकारिक उम्मेदवार भने खरेल आफू नै भएको बताउँछन् ।    माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका खरेलको उम्मेदवारी कायम रहेकै बेला नेकपा एकीकृत समाजवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका  सुनारलाई माओवादीमा प्रवेश गराएपछि एकै निर्वाचन क्षेत्रमा माओवादीका २ जना उम्मेदवार हुने भएको हो ।

साेमबार अपरान्ह माओवादीमा प्रवेश गरेका दलबहादुर सुनारले आफ्नो स्वतन्त्र उम्मेदवारी कायम राखेका छन् भने आईपी खरेलले पनि सामाजिक सञ्जाल मार्फत आफु गठबन्धन र माओवादीको आधिकारीक उम्मेदवार भएको स्पष्ट पारेका छन् ।

आईपी खरेल स्थानीय कमिटीबाट सिफारिसमा नपरेको अवस्थामा पार्टीले तीनै आईपीलाई टिकट दिएपछि क्षेत्र नम्बर ३ का दर्जन बढी नेताहरुले माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् । तीनै पार्टी छाडेका माओवादी कार्यकर्ताहरुले सुनारलाई पार्टी प्रवेश गराएर माओवादीको आधिकारीक उम्मेदवार मानेर हिँड्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ ।

पार्टीको टिकटमा उम्मेदवार दिएको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारी कायम रहेका नेतालाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीका उम्मेदवारका विषयमा अलमलमा परेका छन् । यस अघि तल्लो कमिटीबाट भएको सिफारिस विपरित उम्मेदवारु चयन गरिउको भन्दै बाँके ३ का दर्जन बढी कार्यकर्ताले राजीनामा दिईसकेका छन् ।

 

प्रकाशित मितिः     १ कार्तिक २०७९, मंगलवार १६:२९  |