काठमाडौं बिश्वबिद्यालयका विद्यार्थीले आश्रमका बालबालिकालाई दिए खेल/ शैक्षिक सामाग्री


बाँके– काठमाण्डौं बिश्वबिद्यालयमा व्यवस्थापन (केयु) संकाय (बिबिए चौथो सेमेस्टेर) बिद्यार्थी गेहेन्द्र डाँगी, प्रवेश बेल्वासेले बिहिवार नेपालगन्जस्थित निलसागर सेवाश्रमका बालबालिकालाई खेलकुद,शैक्षिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

सामाजिक अनुभव कार्यक्रम (सिइप) अन्र्तगत बिद्यार्थी डाँगी र बेल्वासेले आश्रमका रहेका बालबालिकाले सामाग्री प्रदान गरे ।
आश्रमका रहेका बालबालिकासंग अन्तरघुलन हुँदै उनीहरुको आवश्यकता सोधिएको थियो । सोही आवश्यकताका आधारमा उनीहरुलाई शैक्षिक, खेलकुद तथा अन्य मनोरन्जनात्मक सामाग्री दिइको हो । ‘उहँहरुलाई आवश्यक पर्ने सामाग्री हामीले सार्मथ्य अनुसार प्रदान गरेका छौं । हाम्रो सहयोगले केही न केही अभाव हटाउने अपेक्षा गरेका छौं ।’–सहयोग प्रदान कार्यक्रममा बोल्दै बिद्यार्थी डाँगी र बेलवासेले भने ।

अध्ययनका क्रममा आवश्यक पर्ने सामाजिक अनुभव कार्यक्रम अन्र्तगत उक्त सेमेस्टरका बिद्यार्थीहरु देशभरका बिभिन्न बालश्रमहरुमा पुगेका छन् । सोही क्रममा डाँगी र बेलवासे नेपालगन्ज आएका हुन । उनीहरुले शैक्षिक सामाग्री वितरणसंगै बिद्यार्थीसंग अन्तरक्रिया, खेलकुद जस्ता कार्यक्रमहरु गरिरहेका छन् ।

प्रकाशित मितिः     ३ कार्तिक २०७९, बिहीबार १५:१३  |