निरक गुरुङ नेपालगन्जका पृथक नेता


नेपालगन्ज – आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातिएको छ । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातिएको हो ।

उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसारलाई तिब्रता दिएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । चुनबी माहोल तातिएसंगै नेपाल कम्युनिष्ट पार्टी एमाले बाँके क्षेत्र नम्बर –२ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार निरक गुरुङ जनताको समस्या रिझाउन घरदैलोमा व्यस्त देखिनुभएको छ ।
उहाँले आफ्नो दैनिकी जनताको घरदैलोमा बिताउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “म घाम न झुलकिदै जनताको घर घरमा पुग्ने गरेको छु । मलाइ मेरो क्षेत्रको समस्या र समाधानबारे राम्रो संग थाहा छ । मैले जनताको सेवा र राजनीतिमा ४ दशक भन्दा बढी समय बिताइ सकेको व्यक्ती हु ।” आफुले गरेको काम प्रति जनताले मुल्याकङ गरिसकेकोमा आफु बिश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले निर्वाचन पश्चात विजयी भएपछी शासक जस्तो नभएर जनताको सुखदुखको सारथी बन्दै जनताको सेवक भएर काम गर्ने बताउनुभयो ।

आफ्नो क्षेत्रमा जितेर गएका नेता भनाउदाले पटक पटक भुठा आश्वासन मात्रै देखाएर मतदाताको मन निरत्साहित बनाइदिएको बताउदै जनताले यस पटक नेताका लागि नभई जनताका लागि काम गर्ने उम्मेद्वार रोज्ने पक्षमा रहेकोले आफुलाई चुनेको क्षेत्र नम्बर –२ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार गुरुङले भन्नुभयो । बाँके क्षेत्र नं २ ख का मतदाताले बिकास प्रेमी र अवसरबादी उम्मेद्वाहरुको मुल्याकङ गरिसकेकाले उम्मेद्वारको झुठा आश्वासन नमानि गुरुङलाइ जिताउन अडान लिएको स्थानीय बताउछन् ।

उम्मेद्वारहरू निर्वाचनका बेला घरदैलोमा पुगेर आश्वासन दिने तर, चुनावपछि फर्केर नहेर्ने प्रवृतिले जनतामा फेरि पनि झुठै आश्वासन हो कि भन्ने आशंकाले बिकास प्रेमी गुरुङलाइ जिताउन अडान लिएको स्थानीयले बताएकाहुन् । बाँके क्षेत्र नं २ ख का स्थानीय सिता न्यौपाने भन्नुहुन्छ “उम्मेद्वारहरू घरदैलोमा पुगिरहँदा जनतामा आशा भन्दापनि आशंका र आक्रोश बढी देखिएको छ । मैले यस क्षेत्रमा निरक गुरुङको मुल्याकङ गरिसकेका छु । यसपाली झुटा आश्वासन दिनेको पक्षमा नभइ आफुले मुल्याकङ गरेको बिकास प्रेमी गुरुङको पक्षमा मतदान गरि जीताउने र यस क्षेत्रको बिकास भएको हेर्ने अपेक्षा छ ।”

बाँके क्षेत्र नं २ ख कै स्थानीय लक्ष्मण नेपाली यस पटकको निर्वाचनमा हरेक मतदाताको पीडा बुझ्ने र विकास गर्ने उम्मेद्वारलाई मत दिने पक्षमा रहेको बताउनुहुन्छ । जनताका मर्म बुझ्ने नेताभन्दा पनि पहुँचका भरमा दलहरूले उम्मेद्वार छाने र बिकासका नाउमा केबल बाटोलाइ मात्र प्राथमिकता दिने नेता भन्दा स्थानीयका सर्बस्व समस्यालाई पहिल्याउने उम्मेद्वार गुरुङलाई चुनिसकेको उहाँले बताउनुभयो ।

जनतालाई ठूलाठूला आश्वासन दिने तर, ती आश्वासन अर्को निर्वाचनसम्म पनि पुरा नहुँदा नेताहरूप्रति आफु निराश भएको बताउदै बेरोजगारी, गरिबी कायमै रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता समेतलाइ प्राथमिकता दिने   स्पष्ट रुपले विकासका एजेण्डा लिएर आउनुभएका गुरुङलाइ यसपटक बिकासका लागि अवसर दिने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः     १६ कार्तिक २०७९, बुधबार ०८:३९  |