नेपालगन्ज -खजुरा क्षेत्र संरक्षण समितिको अध्यक्षमा प्रेमबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् । मंगलबार अध्यक्षमा बुढाथोकीसहित महिला उपाध्यक्ष तिलकुमारी हमाल र उपाध्यक्ष हरिप्रसाद उपाध्याय चयन भएका हुन् ।
त्यस्तै महा–सचिव कोपिला कंडेल, सचिवमा रोशन सापकोटा र कोषाध्यक्ष नन्दाकली कंडेल (खरेल) चयन भए ।
साथै महिला सदस्य दिपिका खड्का र सदस्यहरुमा निकेश लामिछाने, राजु कोइराला, राजु भुजुवा, नारायण गिरी (दिपक), प्रेम खरेल, खगेन्द्रसिँह ठकुरी, तेजेन्द्रकुमार विक, र राधा ढकाल चयन भए ।