सिद्धार्थ समुहकाे पाँचतारे हाेटल ‘सिद्धार्थ विलासा’काे सफ्ट ओपनिङ आजबाट


नेपालगन्ज । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीकाे पहिलाे पाँच तारे हाेटल ‘सिद्धार्थ विलासा’ बिहीबारदेखि भैरहवामा संचालनमा आउदै छ ।

लक्जरीयस ब्राण्डअन्तर्गत समुहकाे पहिलो पाँचतारे होटल ‘सिद्धार्थ विलासा’ काे सफ्ट ओपनिङ हुन लागेको होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

सो समुहले कटेज रेष्टुरेन्ट, तीन तारे र चारतारे स्तरको होटल संचालन गर्दै आएको छ ।

साढे दुई अर्ब रुपैयाँ लागतमा ४ बिघा क्षेत्रफलमा निर्माण भएको यो होटल ८५ कोठा क्षमताको छ। क्यासिनोसहित सेवा सुरु भएसँगै होटलले आउँदो असोजमा ग्राण्ड ओपनिङ गर्ने उनले जानकारी दिए।

क्यासिनोकै लागि मात्र सिद्धार्थ समूहले १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको उनले बताए। उनका अनुसार क्यासिनो संचालनका लागि यतिखेर विभीन्न कम्पनीसँग छलफल भइरहेको छ।

सुइट, प्रेसिडेन्ट रुम समावेश गरिएको होटलमा दुई हजार क्षमताको बलरुम तयार, १८ हजार वर्गफिटको बैंक्विट हल, अन्तर्राष्ट्रियस्तरको कन्फ्रेन्स हल, स्विमीङ पुल, फिटनेस क्लब लगायत विभीन्न सुविधा राखिएको उनले जानकारी दिए।

कोभिड सुरु हुनु अगाडि निर्माण सुरु गरिएको यो होटल आउँदो वैशाखबाटै संचालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।

पछिल्लो समय कम्पनीले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले आफूअन्तर्गत लक्जरी, मिडियम र रेगुलर गरी तीनवटा ब्राण्ड स्थापना गरिसकेको छ।

 

प्रकाशित मितिः     १४ असार २०८०, बिहीबार ०६:३९  |