खजुरा। पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा ७, बांकेलाई १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको छ ।
नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा आसार ३१ गते आइतबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा नेपालका लागि भारतका राजदुतको उपस्थितिमा बस र एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्स र बसको सुविधासँगै बिरामीले छिटो अस्पताल आएर उपचार सेवा लिन पाउने छन् ।