नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघको आज शनिबार निर्वाचन शुरु भएको छ । नेपालगन्ज रंगशालामा बिहान ८ बजेदेखि ५ बजेसम्म नेपालगन्ज रंगशालामा मतदान हुने वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । उम्मेदबारहरु बिहानैबाट प्रचारमा लागेका छन ।
नीजि क्षेत्रको छातासंगठन संघमा झण्डै ५ हजार मतदाताले भाग लिदै छन् । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् ।
त्यस्तै सदस्यमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मन्द्रसिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुद्धिन अन्सारी उम्मेदवार छन् भने कमल कार्की,राजीव तलङ्गा एशोसियट तर्फको उम्मेदवार छन् ।
यस्तै अर्का अध्यक्षका उम्मेदवार ललित कुमार रौनियारको प्यानलबाट वाणिज्य उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्षमा मो सफिक बेहना,महिला उपाध्यक्षमा करिष्मा योगि,महासचिवमा टंकप्रशाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सदस्यमा शिव प्रसाद दाहाल, सन्तोष कुमार पौडेल, विवेककुमार श्रेष्ठ, सुनिल भण्डारी,यूवराज ढकाल,प्रमोद कुमार अग्रवाल,पदम श्रेष्ठ,कैफुल वरा जोलाहा,अतुल कुमार गुप्ता हल्वाई (भाईजी) र बल बहादुर बिष्ट (बबी) रहेका छन् ।
एशोसिएट सदस्यमा प्रदीप कुमार गुप्ता,पुरुषोत्तम अग्रवाल रहेका छन् ।