भुकम्पका घाइतेकाे उपचारमा निरन्तर खटिएका छन् खजुराका यी स्वास्थ्यकर्मी


 

नेपालगन्ज । खजुरा गाउँपालिकाले भुकम्पबाट घाइते भएका बिरामीकाे उपचारमा सहजताका लागि भेरी अस्पतालमा स्वास्थ्यकर्मी खटाएको छ ।

गाउँपालिकाले भेरीमा स्टाफ नर्स एक जना,सिनियर अनमि एक जना,हेल्थ असिस्टेन्ट एक जना र सिएमए दुई जना गरि पाँच जना स्वास्थ्यकर्मी पठाएको नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार खटाइएका स्वास्थ्यकर्मी निरन्तर उपचार लागेका छन् । पालिकाले भुकम्प प्रभावितलाई सहयाेग समेत गरेकाे छ । केसीका अनुसार, जनस्वास्थ्य निरिक्षक गेहेन्द्र जैसी, बरिस्ठ अनमि बिन्दु त्रिपाठि ,बरिस्ठ अहेव बिन्दु घर्तीमगर, स्टाफ नर्स करिष्मा रावत, हेल्थ असिस्टेन्ट चन्दन भण्डारी घाइतेकाे उपचारमा निरन्तर खटिएका छन् ।

प्रकाशित मितिः     २५ कार्तिक २०८०, शनिबार ०७:४९  |