दुर्घटनामा निधन भएकी पाठकलाई श्रद्धाञ्जली


नेपालगन्ज । नेपालगन्जमा ट्यांकरको ठक्करबाट मृत्यु भएकी नेपालगन्ज–१७ की १७ वर्षीया किशोरी सालीनी पाठकलाई उनका सहकर्मीहरुले सम्झिएका छन् ।

मंगलप्रसाद उच्च माध्यमिक विद्यालयका बिद्यार्थीले बुधवार बिरेन्द्रचाेकमा दिपप्रज्वलन गरि श्रद्धाञ्जली दिए । शिक्षक ईन्द्रसिह डाँगीकाे अगुवाईमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

प्रकाशित मितिः     १३ मंसिर २०८०, बुधबार २०:३५  |