
काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरेको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा ३ प्रतिशत घटेको छ भने मूल्यमा ३० प्रतिशतले बढेको छ ।
नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम (संयुक्त अधिराज्य), संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ ।
नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अस्ट्रेलिया छ । नेपाली अचारको ६० प्रतिशत हिस्सा अस्ट्रेलिया छ ।
पछिल्लो ४ महीनामा नेपालले अमेरिकामा २ करोड ५२ लाख ६५ हजार रुपैयाँको ३३ हजार १७३ किलोग्राम अचार निर्यात गरेको छ ।

कुन देशमा कति ?
| देश | परिमाण
(केजीमा) |
मूल्य
(रु हजारमा) |
| अस्ट्रेलिया | 33,173 | 25,265 |
| बेल्जियम | 2,895 | 1,948 |
| क्यानडा | 2,361 | 2,287 |
| चीन | 310 | 117 |
| जर्मनी | 895 | 710 |
| इटाली | 3,989 | 3,212 |
| जापान | 4,704 | 4,362 |
| युनाइटेड किंगडम | 3,190 | 2,640 |
| संयुक्त राज्य अमेरिका | 1,586 | 1,265 |
| कुल | 53,103 | 41,805 |
स्रोत : भन्सार विभाग

