धनगढीबाट अत्याधुनिक शोरुम सहित महिन्द्रा गाडीको बिक्रीवितरण शुरु


नेपालगन्ज  । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपले सुदुरपश्चिमका लागि धनगढीबाट अत्याधुनिक शोरुम सहित महिन्द्रा गाडीको बिक्रीवितरण शुरु गरेको छ ।

रहेको ठाकुर मोटर्सको आज सुदुरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री प्रकाश बहादुर देउवा र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले उदघाटन गरेका छन ।

उदघाटन भएसंगै “स्कर्पियो–एन” र एसटेन गाडी बिक्रीवितरण गरिएको ठाकुर मोटर्समा प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताए । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि “स्कर्पियो–एन” नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ ।

गाडीको अविश्मरणीय डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनश्चिततात र निस्सन्देह, यसको भू–भाग–विजयी क्षमता भएका कारण एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले बताए ।

नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष/१ लाख किलोमिटरको वारेन्टी प्लान रहेको कम्पनीले बताएको छ ।

कतिपर्छ मूल्य ?

नयाँ गाडी ‘स्कर्पियो–एन’ को परिचयात्मक प्रारम्भिमक मूल्य ८१ लाख ५० हजार रुपैयाँ तोकिएको महिन्द्राले जनाएको छ ।

स्कार्पियो एन डिजेल जेड४ २डब्ल्यूडी एमटी ७ एसटीआरको ८१ लाख ५० हजार, स्कार्पियो एन डिजेल जेड४ ४डब्ल्यूडी एमटी ७ एसटीआर ९० लाख, स्कार्पियो एन डिजेल जेड८ ४डब्ल्यूडी एमटी ७ एसटीआर १ करोड १४ लाख, स्कार्पियो एन डिजेल जेड८ ४डब्ल्यूडी एटी ७ एसटीआर १ करोड २४ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः     २४ मंसिर २०८०, आईतवार १८:५९  |