बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्दा सहुलियत दरमा कर्जा दिने


नेपालगन्ज । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवल, रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्दा सहुलियत दरमा कर्जा दिने समझदारी भएको छ ।

बैंक र कम्पनीबीचको सम्झौतामा बिवाइडी ब्रान्डका इलेक्ट्रोनिक सवारीमा विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ ।

सम्झौताअनुरूप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम आठ वर्षसम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ ।

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार ०७:५७  |