नेपालगन्ज २५ मंसिर । साेमवार नेपालगन्ज – १० मा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको ५ पेटि टाईल र उक्त टाईल ल्याउन प्रयोग भएको मोटरसाईकल बरामद गरिएको छ ।
घरमा प्रयाेग हुने टाईल समेत रुपैडियाबाट ल्याउने गरिएको पाइएको हो । प्रहरीले साथै आइतबार अबैध रुपमा ब्रोईलर कुखुरा ल्याउने क्रममा बरामद गरिएको ३ थान मोटरसाईकल भंसार कार्यालआय पठाएको छ ।
अन्दाजी मूल्य रु.४ लाख बराबरको ४ थान मोटरसाईकल र ५ पेटी टाईल आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाईएको हाे ।