प्रकाशित मितिः
357 Views
अर्थ संवाददाता
काठमाडौं- नागरिक उड्ययन प्राधिकरणले भक्तपुर नलिनचोकमा निर्माण गरेको सुविधासम्पन्न हेलिपोर्टमा ‘डेमो’ उडान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिपोर्ट हटाउने योजनाअनुसार प्राधिकरणले नलिनचोकमा हेलिपोर्ट बनाएको हो। जहाँ २७ वटा हेलिकप्टर अट्ने क्षमता रहेको छ।

अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रुत सेवाका लागि भन्दै प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ लागतमा नलिनचोकमा हेलिपोर्ट निर्माण गरेको हो। विस्तारै नयाँ हेलिपोर्टबाट नै सबै हेलिकोप्टरको उडान तथा अवतरण हुने छ।