भैलोमा उठेकाे रकमबाट भुकम्प पिडितलाई सहयोग


नेपालगन्ज २९ मंसिर । नेपालगन्ज -१८ पशुपतिनगर र अमरनगरका स्थानीयले देउसी भैलोबाट संकलन गरेकाे पैसा भुकम्प पिडितलाई सहयाेग गरेका छन् ।

कार्तिक १७ गते शुक्रवार राती जाजरकोट र रुकुममा गएको भुकम्प पिडितलाई पच्चिस हजार एकाउन्न रुपैयाँ सहयाेग गरिएको हाे ।
उक्त रकम राहत कोषको खातामा रकम जम्मा गरि सोको भौचर बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलाई भैलो समितिका पदाधिकारी सहित समितिका संयोजक तिलक बहादुर गिरिबाट हस्तान्तरण गरियो । उक्त रकम दुर दराजका भुकम्प पिडितसम्म पुगोस भन्ने अपेक्षा रहेको उनिहरुको भनाइ छ ।

समितिले कोष रकमबाट टोलमा रहेको शिव मंन्दिरमा ५ हजार सहयोग गरेको छ ।

साथै पहिले पनि कोषबाट विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आई रहेको र भविष्यमा पनि समाजमा विपतमा परेका, गरिव, असहाय र बालवालिकाहरुलाई सहयोग गर्ने र कोषलाई अझ थप बलियो र व्यवस्थित बनाउदै लैजाने कुराको जानकारी अध्यक्ष गिरिले बताए ।

प्रकाशित मितिः     २९ मंसिर २०८०, शुक्रबार ०५:५३  |