नेपालगन्जमा राेयल एनफिल्डको ‘विन्टर राइड’


नेपालगन्ज । राेयल एनफिल्ड बाईकको नेपालगन्जमा पहिलो पटक ‘विन्टर राइड’ सम्पन्न भएको छ ।

नेपालगन्ज राझाँ स्थित रोयल एनफिल्ड बाईकको आधिकारिक विक्रेता वेष्टण्ड नेपाल प्रालिले राईड गरेको थियो । जसमा २५ जना राईडरहरुले सहभागिता जनाएका थिए ।

राझा स्थित सोरुमबाट सुरु भएको राईडिङ कोहलपुर, बाँसगढी, खजुरा हुँदैं नेपालगन्ज आएर सम्पन्न भएको थियो ।
पश्चिम नेपालमा रोयल एनफिल्ड बाईकको ‘राईडिङ कल्चर’ विकास गर्न विन्टर राईड गरिएको आयोजकले जनाएको छ ।

करिब ७२ किलोमिटरको दुरी यात्रा गर्दै राइडरहरुले नेपालगन्जमा नयाँ संस्कृतिको विकास गर्ने प्रयास गरेका थिए ।

प्रकाशित मितिः     ३० मंसिर २०८०, शनिबार १८:५२  |