नयाँ याेजना सहित अघि बढ्दै नागरिक सहकारी


नेपालगन्ज । नेपालगन्जकाे नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

साधारणसभामा आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बराबारको कुल बचत संकलन गर्दै तरलता व्यवस्थापनलाई उचित व्यवस्थापन गरी १५ करोड २५ लाख ३१ हजार ६ सय ६० रुपैयाँ ४० पैसा गरी सदस्यहरुलाई फिर्ता गर्दा कुल बचत निक्षेपमा ३३ करोड २३ लाख ३ हजार ३ सय १६ रुपैया ११ पैसा कायम रहको सहकारीको सचिव हिरेन्द्र बहादुर खड्काले जानकारी दिए ।

जसमा शेयर पुँजी १० करोड २ लाख ७ हजार ९ सय गदैं मुनाफा कर ६७ लाख ७ हजार ६ सय रुपैया ५३ पैसा गर्न सफल भएको सस्थाका कोषाध्यक्ष रबिन्द्र कुमार अर्यालले बताए ।

सहकारीको दिगोपन स्वनियम र सुशासन भन्ने मुल नाराका साथ साधारणसभाका प्रमुख अतिथि नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका कायर्यालय प्रमुख छत्र प्रसाद धमलाले मैनबत्ती बलाएर उद्वघाटन गरेका थिए ।

बाँकेमा नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ठ काम गरी हामी सवैको संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताए । सहकारीमा सवै आवद्ध भएर यसलाई लुम्बिनी प्रदेशकै उकृष्ट बनाउन लाग्नु पर्ने बताए । ।

अतिथि बरिष्ठ सल्लाहकार पुष्कार बहादुर खड्काले सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्ला उकृष्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् ।

अतिथि सहकारीका सल्लाहकार रमनाथ ढकाल, विष्णु बहादुर बोगटी, लेखासमिति सयोजक उपाध्यक्ष जंग बहादुर विष्ट, कोषाध्यक्ष रबिन्द्र कुमार अर्याल,शान्ति सिंह ठकुरी,सञ्चालक सदस्य रमेश कुमार मिश्र, सञ्चालक सदस्य निमा खत्री गुरुङ्ग, लेखा समिति सदस्य दिल बहादुर थापा, लेखा समिति सदस्य पदमा चन्द शाही, ऋण सदस्य दयाराम ढकाल, ऋण उप समिति सदस्य धालेन्द्र कुमार चौधरी, सस्थाका सभाअध्यक्ष जयलाल पराजुली ग्रहण गरेकाे सहकारीका व्यवस्थापक गोपाल बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मितिः     ३० मंसिर २०८०, शनिबार १९:५३  |