मालवाहक ट्रक बरामद प्रकरण,आजबाट अनुसन्धान हुँदै


नेपालगन्ज । सशस्त्र प्रहरीले शुक्रबार नेपालगन्जमा बरामद गरेकाे मालबाहक ट्रक अन्तत राजश्व अनुसन्धान कार्यालय काेहलपुर पठाइयो । नेपालगन्ज भंसारबाट पास भएको उक्त ट्रकमा कैफियत पाइएपछि सशस्त्रले न्युरोडबाट बरामद गरेपछि व्यवसायीसंग तीब्र बिबाद भएको थियाे । बिवादकै बिच शुक्रबार अवेर साँझ ट्रक राजश्व पठाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलले जानकारी दिए ।

उनले राजश्व चुहावट नियन्त्रण सम्बन्धि आफुहरुको कारबाही सफल भएको बताए । ट्क राजस्व अनुसन्धान कार्यलय कोहलपुरलाई ट्रक बुझाइएको पाेखरेलले बताए ।
उनले यसकाे नतिजा सार्वजनिक गर्ने र कम्तिमा “राम्रो” लाई “राम्रो” भन्ने सोंचको बिकास गर्न उनले आग्रह गरेका छन् ।
भंसार पास भएर आएको मालबाहक ट्कमा कैफियत भएको भन्दै नियन्त्रणमा लिएर राजस्व कार्यालय कोहलपुर लैजान न्युरोडबाट सामान नियन्त्रणमा लिइएको थियो । उक्त बिषय थाहा पाउने बित्तिकै नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी सहितका व्यापारीले मालबाहक ट्क लैजान दिएनन् । न्युरोडबाट मालबाहक ट्क पुुष्पलालचाेक लगेपछि त्यहाँ पनि ब्यापारीले अवराेध गरेका थिए । तनावका कारण सडक अवरुद्ध भएको थियो।

नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा भएको सो धर्नामा भन्सार भएर आएको ट्रकमा कैफियत भए पुनः भन्सार लगेर छानबिन गर्नुपर्ने माग व्यवसायीले गरेका थिए ।

भन्सार भएर आएको ट्रकमा कैफियत भएमा व्यावसायीमात्र दोषी नभई जाँचकी, पासगर्ने कर्मचारी पनि दोषी हुनेभएकोले पुन भन्सार कार्यालय लगेर जाँच गर्नुपर्ने आफुहरुको माग रहेको संघका अध्यक्ष टंक धामीले जानकारी दिए।

सशस्त्र प्रहरीले नियन्त्रणमा लियको सो ट्रकमा जाजरकोट भुकम्प पीडितका लागि कम्बल रहेको बुझिएको छ । सो ट्रक सशस्त्र प्रहरीले कोहलपुर लैजाने र व्यवसायीले पुन भन्सार लैजाने भन्ने विषयमा बिबाद भएपछि पुष्पलाल चोकमा ट्रक अगाडि धर्नामा बसेका थिए ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार ०६:०३  |