लुम्बिनी निर्माण व्यवसायी संघकाे अध्यक्षमा पहिलाे पटक महिला नेतृत्व, मन्जु भुषाल निर्वाचित


निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले दिएको जानकारी अनुसार प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी भएका छन् । प्रथम उपाध्यक्षका उम्मेदवार टिका बहादुर श्रेष्ठ (सन्तोष) ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेका छन् ।

द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन (सरवर)ले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् ।

त्यसै गरी महासचिवमा १२२ मतका साथ प्रितम रौनियार विजयी भएका छन् । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपक कुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।

सचिवमा १२५ मत प्राप्त गरी राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेश कुमार दुबेले ७५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा यज्नय प्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै सह–कोषाध्यक्षमा पवन कुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेका छन् । महासचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष पदमा भने भुसाल प्यानलका उम्मेदहरु पराजित भएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री (१७४), रोशन प्रसाद भण्डारी (१४०), सुरेन्द्र यादव (१३०), सतीस मिश्रा (१२१) र शुभम रौनियार (११६) मतका साथ विजयी भएका छन् । सदस्यका उम्मेदवारहरु ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पंगेनी (गणेश)ले ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञान बहादुर पुनले ८३ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी (थारु) विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णु प्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सह–सचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहन कुमार पाण्डेले ६८ र सह–सचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्र बहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार ०६:११  |