क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्याे


नेपालगन्ज । नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२३ को अक्टोबर– नोभेम्बर महिनामा क्यूआर कोडमार्फत ८७ लाख २९ हजार ९ सय ३९ वटा कारोबार भएको थियो। सो महिनामा ३२ अर्ब १ करोड ७० लाख रुपैयाँको कारोबार क्यूआर कोड मार्फत भुक्तानी भएको छ। राष्ट्र बैंकका अनुसार सन् २०२३/२४ को सेप्टेम्बर–अक्टोबर महिनामा सबैभन्दा बढी अर्थात् एक करोड १८ लाख ८३ हजार १ सय कारोबार क्यूआर कोडमार्फत भुक्तानी भएको छ।

सो अवधिमा ३६ अर्ब २१ करोड रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको छ। त्यसैगरी सन् २०२१/२२ को जुन–जुलाईमा भने क्युआर कोड मार्फत ४२ लाख ८१ हजार ९ सय ९४ वटा कारोबार भएको थियो।

सोही समयमा १४ अर्ब ५२ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो। त्यसैगरी त्यसैगरी सन् २०२२/२३ को सेप्टेम्बर/अक्टोबर महिनामा ४७ लाख ७० हजार कारोबार भएको थियो। सो अवधिमा १७ अर्ब ३३ करोड रुपैयाँको भुक्तानी क्युआर कोडमार्फत भएको थियो।

त्यसैगरी सन् २०२२/२३ को अक्टोबर–नोभेम्बर महिनामा नै १६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको रकम क्यूआर कोडमार्फत कारोबार भएको छ। सो अवधिमा क्यूआर कोडमार्फत ४६ लाख १२ हजार ३ सय ७ वटा कारोबार क्यूआर कोडमार्फत भयो।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार ११:०४  |