उपकार लघु बित्तद्वारा केन्द्र प्रमुख तथा बित्तीय सचेतना कार्यक्रम आयोजना


नेपालगन्ज । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बर्दिया जिल्लामा अवस्थित सितलाबजार शाखा र बाँके जिल्लामा अवस्थित फत्तेपुर शाखाद्धारा संचालित केन्द्रका केन्द्र प्रमुख तथा सदस्य करिब २०० जनाको सहभागितामा उनिहरुको सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै बढैयाताल गाउपालिका वडा न.२ का वडा अध्यक्ष डिला देव गिरीले यस संस्थाले यस क्षेत्रका महिलाहरुको आर्थिक तथा समाजिक रुपान्तरणको लागि कार्य गरेको भन्दै प्रशंसा गर्नु भएको थियो । संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गरि आम्दानी बढाउनु पर्ने साथै अरुको प्रलोभनमा नपरि आफनो ब्यवसाय गर्नु पर्ने बताउदै लघुवित्त तपाईह्ररुकै लागि हो तपाईको सानो बचतले भविष्यमा तपाईकै पूँजी निमार्ण गर्ने भएकोले बचत गर्न प्रेरित गर्नु भएको थियो ।

त्यसै गरि राप्ती सोनारी गाउपालिका वार्ड न। ६ का वडा अध्यक्ष श्री लवराज खरेलले लघुवित्तको कारण कर्जा लिन साहु महाजनकोमा जान पर्ने अवस्थाको अन्त भएको र हाल कर्जाको सदुपयोग नगरि बिलासितामा खर्च गर्न कर्जा लिदा समस्या भएकोले संस्थामा झुट नबोली के कामको लागि कर्जा लिने हो सोही काममा लगाउन आम्दानी बढाउने गरि काम गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी वार्ड न. ७ का वडा अध्यक्ष राम लखन चौधरीले कर्जा उत्पानशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्दै महिला आर्थिक रुपमा सक्षम हुदा यो क्षेत्र नै आर्थिक रुपमा सक्षम हुने बताउदै हामी अल्छी हुदा छिमेकी राष्ट्रमा पैसा गएकोले अव यहा उत्पादन बढाएर निर्यात गरि आम्दानी बढाउनु पर्ने बेला आएको बताउदै पैसा फजुल खर्च र देखासिकि तडक भडक नगरि कर्जाको दुरुपयोग गर्न नहुने र अरु राम्रो कामको लागि मात्र देखासिकि गर्नुस र कर्जा लिएर तिर्न पर्दैन भनि भ्रममा नपर्न बताउदै पैसा कमाउन सजिलो नभएकोले आफनो ब्यावसाय लाई ध्यान दिई उद्यमी महिला बन्नुस र सकारात्मक सोच राखी अगाडी बढनुस भन्ने सुझाव दिनु भएको थियो ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी प्रमुख सारदा कुमारी खत्रीले कर्जा आवश्यकता अनुसार लिनु पर्छ कर्जाको सहि सदुपयोग गर्न अनुरोध गर्दै हिजो तपाई हाम्रो आमाको बैंक सम्म पहुच नभएकै कारण लघुवित्त जन्मिएको बताउदै सानो सोनो बचतले तपाईलाई फाईदा हुने बताउनु भएको थियो ।

बिमल खनाल, पार्वती पराजुली,लक्ष्मी केसीले सदस्यको गुनासो सम्बन्धमा सदस्यहरु संग छलफल गर्नु भएको थियो । कार्यक्रममा सितलाबजार शाखाका शाखा प्रमुख दिपक रजाली मगर र फत्तेपुर शाखाका शाखा प्रमुख गिता तिवारीले शाखाको प्रगति विवरण पेस गर्नु भएको संस्था कि तालिम बिभाग प्रमुख श्री पार्वती पराजुलीले जानकारी दिनु भयो ।

प्रकाशित मितिः     १६ चैत्र २०८०, शुक्रबार ०९:०९  |