नेपालगन्ज । नेकपा एमाले बाँकेले आठवटै पालिकाका बैठक सम्पन्न गरेकाे छ । अध्यक्षमा निरक गुरुङ निर्वाचित भए लगत्तै बसेकाे जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले आठवटै पालिकामा असार १ गतेदेखि ८ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेकाे थियाे ।
सोही निर्णय अनुसार असार ९ गते आठैवटा पालिकाहरूको बैठक सम्पन्न गरिएको सचिव बलराम भट्टराईले बताए । निर्धारित समयमा नै बैठकहरूको आह्वान गरी सम्पन्न गरेकाेमा सम्पूर्ण पालिका कमिटीहरूलाई विशेष आभार सहित धन्यवाद व्यक्त गरिएको सचिव भट्टराईले बताए । कमिटीले गरेका निर्णयहरू समयमा नै कार्यान्वयन गर्ने गरी अगाडि आग्रह गरिएको छ ।
पार्टी अध्यक्ष गुरुङले पार्टीलाई सशक्त बनाउन याेजनाबद्दरुपमा अघि बढेकाे बताए । हरेक निर्णय तत्कालै कार्यान्वयन गरेर अघि बढ्दा पार्टी चलायमान हुने अध्यक्ष गुरुङको भनाइ छ ।