मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न निर्वाचन आयोगलाई पत्र लेखेका छन्


नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न निर्वाचन आयोगलाई पत्र लेखेका छन्।

आइतबार निर्वाचन आयोगमा दर्ता भएको पत्रमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले यदी त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न उनले आग्रह गरेका छन्।

प्रकाशित मितिः     १३ श्रावण २०८१, आईतवार १२:४०  |