नेपालगन्ज : पेशागत तथा वातवरणिय स्वास्थ्य सहयोग परियोजना बाँकेले स्थानीय परियोजना सल्लाहकार बैठकको आयोजना गरेको छ ।
बी ग्रुपले कार्यक्रम संचालन गरेको पालिकाका जनप्रतिनिधि सहितको उक्त कार्यक्रममा परियोजना संचालन भएका स्थानीय तहका जनप्रतिनिधि समेतको उपस्थितिमा परियोजनाको बारेमा समेत छलफल गरिएको थियो ।
बी ग्रुपले परियोजना अन्तरगत रहेर एकबर्षको अवधिमा गरेका काम कारवाहिको बारेमा समेत जानकारी दिइएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कमरुद्दिन राईले परियोजनाले खजुरा नेपालगन्ज लगायतका स्थानीय तहमा राम्रो काम गर्दै आएको र आगामी दिनमा अझै राम्रो गर्नु पर्ने धारणा राखेका थिए । साथै उपप्रमुख राईले परियोजनाले किसान, स्वास्थ्यकर्मी र सरसफाइकर्मीको लागी स्वास्थ्यको क्षेत्रमा काम भएको भन्दै प्रशंसा समेत गरेका थिए ।
बैठकमा खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी बिसि ओलीले परियोजानाले खजुरा वडा नम्बर दुईमा प्राङ्गारिक खेतिको लागी गरेको कार्यको धन्यवाद दिदै आगामी दिनमा खजुरा गाउँपालिकाको सरसफाइकर्मीको क्षेत्रमा समेत काम गरिदिन आग्रह गरेका थिए ।
पेशागत तथा वातवरणिय स्वास्थ्य सहयोग परियोजना सन २०२२ देखि बाकेमा कार्य गर्दै आएको छ जनाउदै बी ग्रुपका अध्यक्ष तथा बैठकका अध्यक्षता गरेका इन्द्र बहादुर भण्डारीले बैठकमा उठेका बिषयमा र गर्न सक्ने कार्यहरु आगामी दिनमा गर्ने र चाडै नै शुभ समाचार आउने आशा ब्यक्त गर्नु भएको थियो ।